इटहरीबाट लागुऔषध गाँजा बोकेको सवारी साधन नियन्त्रणमा

सुनसरी, मंसिर ११ गते । सुनसरीको इटहरी उप-महानगरपालिका-२० पानीपिया जंगल स्थित कोशी लोकमार्गमा लागुऔषध गाँजा बोकेको स्कारपियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंसिर ११ गते साँझ साढे ७ बजे बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा इलाका प्रहरी कार्यालय धरान र इटहरीबाट परिचालन भएको प्रहरी टोलीले चेक जाँचको क्रममा इटहरी-२० पानीपिया जंगल स्थित सडक साईडमा रोकी राखेको को. १ च ७६८९ नम्वरको स्कारपियो गाडी भित्र तयारी गाँजा ३ सय ९ किलोग्राम (बोरा र प्लास्टिक) सहित बरामद गरेको हो ।

उक्त स्कारपियो र गाँजा प्रहरीले नियन्त्रणमा लिई सवारी चालकको खोजतलास गरीरहेको छ भने इलाका प्रहरी कार्यालय इटहरीबाट आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖