झापामा गाई काटिएको घटना पछि धर्मगुरुहरुद्वारा विरोध प्रदर्शन
झापा । झापामा गाई काटिएको घटना पछि धर्मगुरुहरुद्वारा विरोध प्रदर्शन गरेका छन् ।
कन्काई नगरपालिका ३ टप्पुबस्ती पूर्वमा आज गाई काटिएको हो । लीला संग्रौलाको घरमा डेरा लिएर बसेका मुस्लिम थरका व्यक्तिले आफू बसेको कोठामा लगेर गाई काटेका हुन् । उनले हरिकुल स्कुलनजिकबाट सो लैनो गाई चोरेर लगेको बताइएको छ । ती मुस्लिम फरार भएका छन् ।
घटनास्थलमा प्रहरी टोली पुगेर छानबिन गरिरहेको जनाइएको छ । केही महिनाअघि दमकमा गर्भिनी गाई हत्या गरिएको थियो ।
सोही घटना पछि धर्मगुरुहरु विरोध प्रदर्शनमा निक्लिएका छन्। स्रोत : बिर्तामोड झापा


