झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित लागुऔषध र गाँजा सहित ४ जना पक्राउ

विराटनगर, मंसिर १३ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर १२ गते लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ स्थितबाट शिवसताक्षी नगरपालिका-८ का २१ बर्षीय संजय राईलाई ३ ग्राम २ सय ८० मिलिग्राम ब्राउनसुगर सहित र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले इलाम चुलाचुलीका २८ बर्षीय उपेन्द्र बान्तवालाई दमक नगरपालिका-८ स्थितबाट २ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

यसै गरी मोरङको जहदा गाउँपालिका-१ कि ५० बर्षीया मिरादेवि बैठालाई घरमा लुकाई छिपाइ राखेको १५ केजी लागुऔषध गाँजा सहित इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय चतारा सुनसरीले बराहक्षेत्र नगरपालिका-२ स्थितबाट ट्रामाडोल -४४ पिस क्यापसुल सहित उदयपुर बेलका नगरपालिका-२ का २३ बर्षीय हेमराज न्यौपानेलाई नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖