एकैदिन १० फरार प्रतिवादी पक्राउ

सञ्जय मिश्रा /रौतहट, १४ मंसिर। फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत बारा प्रहरीले एकैदिनमा १० जना प्रतिवादी लाई पक्राउ गरेको छ।

 

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी टोलीले बिहीवार जिल्लाको छुट्टाछुट्टै स्थान बाट एकैदिनमा १० फरार प्रतिवादी लाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा कलैया उपमहा नगरपालिका १८ का चोरी मुद्दामा लालबाबु महतो धानुक लाई जिल्ला अदालत बाट १ महिना कैद र ५ हजार जरिवाना रहेको छ।

त्यस्तै पक्राउ पर्नेमा फेटा गाउँपालिका ४ बतराका चोरी मुद्दाका  मुकेश मुखिया, चोरी मुद्दामा निजगढ ९ का अमृत लामा,चेक अनादर मुद्दामा सिम्रौनगढ ११ का सन्तोष साह तेली , सोही मुद्दामा वडा १० का वकिल प्रसा यादव ,करैयामाई ८ का नागेन्द्र पण्डित , गंजभवानिपुरका शोषनाथ प्रसाद साह तेली, बरियारपुरका रामायण चौधरी, रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बताएका छन्।

त्यसैगरी जनक बहादुर स्याङतान निजगढ १ का हातहतियार खरखजाना मुद्दा र सोही मुद्दामा सोही ठाउँका प्रेम बहादुर स्याङतान पक्राउ परेको प्रवक्ता सापकोटाले जानकारी दिएका छन्।

पक्राउ परेका सबै १० जनालाई फैसला कार्वान्यनका लागी बारा जिल्ला अदालत कलैयामा बिहीवार उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।