२०८२ वैशाख १ गतेदेखि नगकोट भ्रमण वर्ष

भक्तपुर, १५ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा २०८२ वैशाख १ गतेदेखि नगकोट भ्रमण वर्ष २०८२ हुने भएको छ ।

 

नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरले नगरकोट भ्रमण वर्ष २०८२ को तयारी र समग्र चाँंगुनारायण नगरपालिकाको समृद्धि विषयमा शुक्रबार नगरप्रमुख जीवन खत्रीसँंगको अन्तरक्रियामा नगरप्रमुख खत्रीले भ्रमण वर्षको तयारी पूरा भएको जनाए ।

 

नयाँंवर्ष २०८२ को वैशाख १ गतेदेखि भ्रमण वर्ष सुरु हुने उनले जनाए । भ्रमण वर्षको क्रममा वर्षभरि नगरपालिकाको वडा नं १ देखि ९ सम्मकै सम्पूर्ण क्षेत्रमा विभिन्न क्रियाकलापहरु हुने उनले जनाए । यसले नगरबासीको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास उनले गरे ।
चाँंगुनारायण नगरपालिकामा दोश्रो पटक स्थानीय निकायको निर्वाचन भएर २०८० मा खत्रीको नेतृत्वमा चाँंगुनारायण नगरपालिकामा नयाँं जनप्रतिनिधि आएको पहिलो बैठकमै नगरकोट भ्रमण वर्ष २०८२ को निर्णय गरी घोषणा भएको थियो । घोषणा लगतै नगरपालिकाले तयारीको काम थालेको भन्दै प्रमुख खत्रीले भ्रमण वर्षलाई सफल पार्न सवैसँंग सहयोगको आशा व्यक्त गरे । 

कार्यक्रममा चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले नगरकोट भ्रमण वर्ष २०८२ का विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रम सोसाइटीका अध्यक्ष उपेन्द्र केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।   
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।