झापा, मोरङ, सुनसरी र तेह्रथुमबाट प्रतिबन्धित लागुऔषध सहित ८ जना प्रहरीको नियन्त्रणमा

विराटनगर, मंसिर १६ गते । झापा, मोरङ, सुनसरी र तेह्रथुम जिल्लाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंसिर १५ गते साँझ झापा मेचिनगर नगरपालिका-१० स्थित आफ्नै घरबाट लागुऔषध बिक्रिबितरण गर्ने ३१ बर्षीय मनु मुर्मुलाई १ ग्राम १५० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१० का २७ बर्षीय टाईसन राईलाई १ सय ७७ चक्की र शनिश्चरे-४ का ३५ बर्षीय लक्ष्मण गौतमलाई ६ सय १६ चक्की सहित नियन्त्रणमा लिएको हो ।

यस्तै धरान उप-महानगरपालिका-१९ का २५ बर्षीय अर्जुन बराईली, १८ बर्षीय निशान लिम्बु, २४ बर्षीय सुजन लिम्बू र ३१ बर्षीय सुमन राईलाई वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले २ सय २८ क्याप्सुल र १७ ट्याबलेट सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी भोक्राहा सुनसरीबाट खटिएको प्रहरी टोलीले प्र.१-०२-०४३ प ६८७१ नम्बरको मोटरसाईकलबाट बेबारीसे अवस्थामा बोरामा राखिएको लागु औषध ट्रामाडोल २३ हजार ५ सय ट्याब्लेट फेला पारेको हो ।

यसैगरी प्रहरी चौकी जिरिखिम्ती तेह्रथुमबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले म्याङ्लुङ नगरपालिका-९ का २५ बर्षीय सम्भु लिम्बुलाई लागु औषध ८० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा कानूनी कारबाही भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖