मोरङ र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

विराटनगर, मंसिर १७ गते । मोरङ र उदयपुरमा सवारी दुर्घटना हुँदा २ जना सवारी चालकको मृत्यु भएको छ ।

मंसिर १७ गते अपरान्ह मोरङको बेलबारी नगरपालिका-८ स्थितमा सिलिङकन बेकेको को.२त ७५४८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालक सुन्दरहरैंचा नगरपालिका-७ का २५ बर्षीय राजु तामाङ घाईते भई उपचारको लागि कोशी अस्पताल विराटनगर लागिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको थियो ।

यसै गरी उदयपुरको त्रियुगा नगरपालिका-९ स्थित मदन भण्डारी लोकमार्गमा स.८प ६६९५ नम्वरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक त्रियुगा नगरपालिका-५ का ३५ बर्षीय इन्द्र देव चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो ।

घटना सम्बन्धमा प्रहरीले थप अनुन्धान गरीरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।