५८ किलोग्राम गाँजा सहित सुनसरीमा एक जना पक्राउ

सुनसरी – प्रहरीले सुनसरीबाट गाँजा सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१५ का २१ वर्षीय सुनिल राई रहेका छन्। 

उनलाई सोमबार बिहान इनरुवाबाट लौकहीतर्फ मोटरसाइकलमा गइरहेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

भोक्राहा नरसिंह गाउँपालिका-५ टपरा टोलबाट अवैध लागुऔषध गाँजा करिब ५८ किलो ३ सय ग्रामसहित मोटरसाइकलमा गइरहेको अवस्थामा राई पक्राउ परेका थिए।

प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीलाई देख्ना साथ  मोटरसाइकलमा सवार दुई जना व्यक्तिहरू भाग्न खोजेका थिए। मोटरसाइकलमा सवार राईलाई भने उक्त परिमाणको गाँजासहित प्रहरीले पक्राउ गरेको छ। अर्का व्यक्ति भने फरार छन्।

प्रहरीले मोटरसाइकलसहित फरार भएका चालकको खोजी गरिरहेको छ। 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।