विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकामा सार्वजनिक बिदा हुने

आर . सी . यादव,बारा । गत मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले सार्वजनिक बिदा दिइने भएको छ ।बारा जिल्लाको १६ वटै पालिका प्रमुख ,उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुको मंसिर ०२ गते बसेको बैठकको निर्णय अनुसार १६ वटै पालिकामा सार्वजनिक बिदा दिइनेछ ।

 

प्रत्येक पाँच पाँच बर्षमा विश्व प्रसिद्ध गढीमाई मेला बाराको बरियारपुरमा लाग्दै आएको छ ।प्रत्येक पाँच पाँच वर्षमा मेला लाग्ने भएकोले मेलालाई अवलोकन गर्नको लागि बारा जिल्लाका १६ वटै पालिकाहरुले ४ दिन देखि लिएर ५ दिन सम्म स्थानिय चाड पर्व बिदा अन्तर्गत पालिकाहरुमा बिदा दिइने महागढीमाई नगरपालिकाको नगरप्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भयो ।

 

यता विश्व प्रसिद्ध गढीमाई मेलाको अवसर पारे जिल्लाको  जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानिय चाड पर्व बिदा अन्तर्गत उपमहानगर मातहतका सबै वडा कार्यालय ,सम्पूर्ण कार्यालयहरु ,शैक्षिक संस्थाहरु,संघ संस्थाहरु ,बैंक तथा बित्तीय संस्थाहरु मंसिर २१ गते देखि लिएर २४ गते सम्म बन्द रहने जीतपुरसिमरा उपमहानगरपालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

 

 

मंसिर ०२ गते बसेको १६ वटै पालिका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकिय अधिकृतहरुको बैठकमा गढीमाई मेलालाई सफल तथा ब्यवस्थित रुपमा संचालन ब्यवस्थापन गर्नुको साथै गढीमाई क्षेत्रको पर्यटकीय ,संस्कृतिक बिकास प्रवर्द्धन गर्नको लागि मंसिर २१ गते देखि लिएर २५ गते सम्म अति आवश्यक सेवा बाहेक सम्पूर्ण वडा कार्यालय र बैंक बितिय,शैक्षिक संस्था बन्द गर्ने निर्णय भएको महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं पन्चबर्षिय गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले बताए ।

 

 

मंसिर ०१ गते देखि सुरु भएको विश्व प्रसिद्ध गढीमाईको बेला मंसिर ३० गते सम्म लाग्ने छ ।शनिवार देखि गढीमाई मेलामा दर्शनार्थीहरुको घुइँचो लाग्न सुरु भएको छ ।बाराका सबै पालिकाले गढीमाई मेला ब्यवस्थापनमा सहयोग गर्ने सहमती समेत भएको मेला मुल ब्यवस्थापन समितिले जनाएको छ । यो भन्दा पहिला महागढीमाई नगरपालिकाले मंसिर २१ गते देखि लिएर २५ गते सम्म बिदा रहने बारे सुचना मार्फत नगरबासिलाई जानकारी दिइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖