सिप, रोजगार र उद्यमतर्फ लैजान अपांगताको सुझाव

खड्क सुनार/मुगु,१८ मंसिर  । हिमाली जिल्ला मुगुमा पनि अपाङ्गता भएका व्यक्तिहरूको ३३ औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । 
 
दिवसको अवसरमा आज बिहान जिल्ला समन्वय समिति मुगु बाट ¥याली निकालिएको थियो भने अदालत चोक पुगेर पुन समन्वय समितिको हलमा कोणसभामा परिणत भएको थियो । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । यसै सन्दर्भमा मुगुमा पनि मनाईएको छ ।
 
कार्यक्रममा कविता प्रतियोगिता , रेडियो बहस जस्ता कार्यक्रम गरी मनाईएको छ । दिवसमा बोल्दै डार्डो नेपाल मुगुका अध्यक्ष रमेश रावलका अनुसार संघ , प्रदेश र स्थानीय सरकार बाट निर्माण हुने भवनहरु निर्माण गर्दा अपांगमैत्री बनाएजस्तो देखिए पनि पूर्ण नभएको बताए ।
 
संरचना बनाउँदा सबै कोठामा अपांगता भएका ब्यक्ति जान सहजरुपमा पुग्ने गरी अपांगमैत्री बनाउनुपर्ने बताउँछन् । शिक्षा सवैको लागि भन्ने सरकारी अभियान छ । तर अपांगता भएका व्यक्तिलाई सहजै रुपमा विद्यालय जाने अवस्था छै । 
 
विद्यालय भवन, शौचालय, कक्षाकोठा पनि अपांगमैत्री बनाउनुपर्नेमा उनीहरूले जोड दिए । सडक, पैदलमार्ग पनि अपांगमैत्री भए झनै राम्रो हुने उनीहरूको भनाइ छ । छायाँनाथ रारा नगरपालिकाले गरेको अपांग निति , कार्यविधिहरु छिट्टै पारित गर्न सुझाव दिए । 
 
यस्तै कर्णाली प्रदेश सभा सदस्य माननिय जित बहादुर मल्लका अनुसार आगामि बर्षहरुमा अपांगता भएका ब्यक्तिहरु लाई सिप सिक्न , उद्यम बन्न र रोजगारी तर्फ अग्रसर गराउन प्रदेश सरकारले बिशेष पिछडिएको क्षेत्र अन्तर्गत रहेर यस्ता कार्यक्रम सञ्चालन गर्ने बताए । 
 
यता छायाँनाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्लका अनुसार नेपाल सरकारले प्रदान गर्दे आईरहेका हक अधिकार , सेवा सुविधा बाट अपांगता भएका ब्यक्ति लाई कुनै पनि तवर बाट बञ्चित नगराउने बताईन । 
 
राज्यले उनीहरु लाई दिएको सेवा जस्तै हवाईजहाज , यातायात , अस्पताल जस्ता स्थानहरुमा ५० प्रतिशत छुट गर्ने सन्दर्भमा स्थानीय सरकार कटिबद्ध रुपमा लागि रहेको जानकारी गराईन । नगरपालिकाले गरेका निति , कार्यविधिहरु छिट्टै पारित गरी कार्यान्वयनमा ल्याईने र अपांग परिचय पत्र सामाजिक सुरक्षा भत्ता जस्ता सेवा बाट बर्गिकरण अनुसार उपलब्ध गराईने पनि जानकारी गराईन । 
 
दिवसकै अवसरमा अपांगता भएका ब्यक्तिहरुको लागि शिक्षामा समाबेशिताको अवस्था भन्ने शिर्षकमा कविता प्रतियोगिता गरिएको थियो । जसमा नेपाल राष्ट्यि मिन मावि भारेकोटकी विनिता मल्ल प्रथम हुनु भएको छ भने दोश्रोमा महाकाली मावि श्रीनगरका सन्तोषि भक्रि रहेकी छन त्यस्तै प्रकाश मावि लुमका अटलदेवी रावल तेश्रो स्तानमा आउनु भएको छ । उनीहरु लाई क्रमश झोला , शैक्षिक सामग्री र प्रशंसा पत्र सहित पुरस्कार बितरण गरिएको छ । 
 
अन्य सहभागिहरु लाई पनि प्रसंशा पत्र बितरण गरिएको थियो । जम्मा ६ बिद्यार्थीले सहभागिता जनाएका थिए । दिवसमा अवसरमा सहभागि भएका अपांगता भएका ब्यक्तिहरुले यस्तो भनका छन् हामि लाई सरकारले सिप , रोजगार र उद्यम तर्फ लैजान सुझाव दिएका छन् ।       
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।