धनकुटाका एक जना सहित सुनसरीका विभिन्न स्थानबाट १० जना पक्राउ

सुनसरी, मंसिर २० गते । सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर १९ गते इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित १० जनालाई पक्राउ गर्न सफल भएको छ ।

धरान-२ भानुचोक स्थितबाट धनकुटा सहिदभुमी गाउँपालिका-४ का २६ बर्षीय रम्मिर राई र झापा भद्रपुर नगरपालिका-२ का ३६ बर्षीय दिनेश सुर्खेती(सार्की) लाई २ ग्राम ६ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ भने धरान-८ भोटेपुल स्थितमा डेरा गरी बस्ने २७ बर्षीय चिरन्जिवी राई, २७ बर्षीय असिम राई र २९ बर्षीय मन्जिल राईलाई ६ सय २० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी धरान-१३ का ४१ बर्षीय रोशन मगर र ३७ बर्षीय प्रकाश राईलाई प्रतिबन्धित औषधी Promethazine-३४ पिस, Buprenorphine-३५, पिस, Diazepam-३५ पिस र Phenergan-३५ पिस सहित नियन्त्रणमा लिईएको छ । यसै गरी अस्थायी प्रहरी चौकी जोरसखुवाले धरान-१६ का १६ बर्षीय बालकलाई ट्रामोल ४० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित र धरान-११ का २३ बर्षीय मन कुमार मगर र १९ बर्षीय रोजन राईलाई ट्रामाडोल ४७ क्याप्सुल र नियन्त्रित औषधी ४७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका सबैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान तथा कानूनी कारबाही भई रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖