झापामा परालले छोपेको अवस्थामा एक वृद्धको शव फेला

झापा । झापा गाउँपालिका वडा नं ६ मा एक वृद्धको हत्या भएको छ ।

हत्या गरेर गाईवस्तुले घाँस खाने डुडमा परालले छोपेर राखेको अबस्थामा झापा गाउँपालिका वडा नं ६ की ८१ वर्षीया फूलमणि सोरेनको शव आज साँझ फेला परेको हो ।

घरका अरु सबै सदस्य मकै रोप्न गएका बेला फूलमणिको हत्या भएको हो । काम सकेर घर फर्किदा वृद्धा फूलमणिलाई नदेखेपछि खोजी गर्नेक्रममा डुडमा परालले छोपेर राखेको अबस्थामा उनको शव फेला परेको थियो ।

मृतकका ज्वाइँले डुडको पराल हटाउन खोज्दा बृद्धाको शव देखेको झापा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष नवीनकिशोर थापाले बताए ।

मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा ती वृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । फरुवा घटनास्थलमा फेला परेको छ ।

प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरिरहेको वडाध्यक्ष थापाले जानकारी दिए । घटनामा संलग्न भएको आशंकामा दुईजनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।-खबरखेती

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖