कुखुराको खोरमाथि नवजात शिशु फेला
झापा । बुद्धशान्ति गाउँपालिका-४ धर्ममार्गस्थित किरण मगरको खाली घरको कुखुराको खोरमाथि आइतबार दिउँसो नवजात शिशु (छोरी) फेला परेको छ। करिब दुई दिनकी शिशुलाई घाँस काट्न गएकी मिना लिम्बूले फेला पारेकी हुन्।
शिशुलाई वडा अध्यक्ष शेरबहादुर राईलाई संरक्षणका लागि जिम्मा दिई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। शिशुको अवस्था सामान्य रहेको जनाइएको छ।
यसअघि, कात्तिक २९ गते मेचीनगरको निन्दा खोलामा सालनालसहित नवजात शिशु फेला परेको थियो, जसको पाँच दिनपछि निधन भएको थियो।-रुटिन अफ झापा बन्द


