पाँचथरमा ग्रामिण गस्ति परिचालन
पाँचथर । पाँचथर जिल्लाका विभिन्न ग्रामिण भु-भागका दुरदराज एरिया अन्तर्गतका गाउँहरूमा ग्रामिण गस्ती परिचालन गरिएको छ ।
जिल्लाको वस्तु स्थिती, शान्ति सुरक्षा, अवाञ्छित कृयाकलापहरु नियन्त्रण साथै जिल्लाको समग्र शान्ति सुरक्षा र सु- व्यवस्थालाई मजबुत कायम राख्न तथा आवेश प्रेरित घटना तथा अपराधहरूको नियन्त्रण गर्ने साथै आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यका साथ जिल्ला ग्रामिण गस्ति (LRP) परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।


