भेरी नदीमा खसेकी सम्झनाको सशस्त्रले गर्यो उद्धार

हेमन्त केसी/सुर्खेत ,५ पुस । पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया सम्झना बुढालाई सशस्त्र प्रहरीले जिवित्तै उद्धार गरिएको छ । 

परम्परागत रुपमा गुर्भाकोट नगरपालिका–८ मेहलकुनामा लाग्दै आएको सुभाघाट मेलाबाट फर्कने क्रम्मा भेरी नदी माथी रहेको पुलबाट बुढा खस्नुभएको थियो ।

बुधबार बेलुकी साडे ६ बजे नदीमा खस्नु भएकी बुढालाई सशस्त्र प्रहरी वलको विपद व्यवस्थापन वेश चिप्लेबाट खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक थिरबहादुर परियारको नेतृत्वमा खटिएको टिमले दुई मिनेटमै सकुशल उद्धार गरेको मेला सुरक्षामा खटिएका सशस्त्र प्रहरी निरीक्षक जीवनकुमार मल्लले जानकारी दिए ।
 
हाल मेहलकुना स्थित अस्पतालमा उपचारी जारी रहेकी बुढाको स्वास्थ्य अवस्था सुधार हुँदै गएको मल्लले जानकारी दिए । सशस्त्र प्रहरीले पुल नजिकै भेरी नदीको किनारमा क्याम्प बनाएर मेलामा आउने स्थानीयबासीलाई सुरक्षा दिइरहेको छ । भेरी नदीको किनारमा चिसो भएपनि सुरक्षालाई ध्यान दिदै क्याम्प नै राखेर बसेको मल्लले बताए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।