भ्यु टावर हेर्न भनि गएका पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कविहिन
काठमाडौ । मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका- ९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्।
पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन भएका हुन्। उनि चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत कर्मचारी हुन् उनि भ्यु टावर हेर्न भनि सहकर्मी अर्जुन खड्कासँग गएका थिए।
खड्काले चढ्न नसक्ने भनेपछि पन्त एक्लै भ्यु टावर चढेका थिए। त्यसपछि उनि एका एक सम्पर्क विहिन भएका हुन् यत्रो दिन दिन बितिसक्दा पनि उनको केहि अत्तो पत्तो नलागेको पारिवारिक स्रोतले जनाएको छ।


