झापा र सुनसरीबाट लागुऔषध सहित १० जना पक्राउ

विराटनगर, पुस ०६ गते । झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुस ०५ गते साँझ विशेष सुचानको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरी टोलीले धरान-८ का २६ बर्षीय महेश राई र २३ बर्षीय मनिस राईलाई निषेधित औषधी ट्रामोल २० हजार क्यासुल सहित नियन्त्रणमा लिएको छ ।

यसैगरी अस्थायी प्रहरी पोष्ट जोरसखुवाको प्रहरी टोलीले ट्रामाडोल २०० क्याप्सुल र स्पास्पेन १९० ट्याब्लेट सहित धरान-१६ का ३२ बर्षीय रुबिन खड्का र २२ वर्षिय साहिल मगरलाई र प्रहरी चौकी भरौलले रामधुनी- ७ का २१ बर्षीय अबिशेक चौधरी र २१ वर्षिय सन्दिप चौधरीलाई ट्रामाडोल- १५८ क्यापसुल, स्पास्पेन- ५८ ट्याव्लेट र स्पासरेस्ट-१०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-७ का ३६ वर्षिय सुमन जबेगु र बिर्तामोड-५का २८ वर्षिय रोशन श्रेष्ठ, भोजपुर षडानन्द-७ का ३२ वर्षिय विजय जोगी र बिर्तामोड-१ का २३ वर्षिय मनोज तामाङलाई ४ ग्राम ८६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।