निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन महोत्तरीको अधिवेशनवाट पुन: सापकोटा निर्वाचित

विशाल बस्नेत/ महोत्तरी । निजि तथा आवासीय विद्यालय अर्गानाईजेसन  महोत्तरीको ९ औ जिल्ला अधिवेशनवाट जिल्लाको नेतृत्वमा राधेश्याम सापकोटा निर्वाचित भएका छन ।

 

सनिवार गौशालास्थित भानुभक्त अङ्ग्रेजी मध्यामिक विध्यालयमा भएको अधिवेशनले दोश्रो पटक सापकोटालाई नै निर्वाचित गरेको हो ।

यसअघिको कार्यकालवाट सापकोटा दोहोरिए तापनी अन्य पदाधिकारी भने धेरैजसो नया अनुहारहरु छन ।

 

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा संजीव ठाकुर, द्वितीय उपाध्यक्षमा फेकन राउत, सचिवमा उमेश महतो, स-सचिवमा अरुण कुमार कार्की, कोषाध्यक्ष विनित झा, स- कोषाध्यक्षमा विनोद ढकाल निर्वाचित गरेको छ ।

 

सदस्यहरुमा भने सुकेश्वर यादव र दिपेन्द्र महतो निर्वाचित भएको प्यावसन महोत्तरीले जनाएको छ ।

 

जम्मा १३ जनाको कार्यसमितिमा ३ जनालाई निर्वाचित कार्यसमितिको पहिलो वैठकले मनोनीत गर्ने व्यवस्था रहेको र सोहीअनुसार मनोनीत गर्ने नवनिर्वाचित  स-कोषाध्यक्ष विनोद ढकालले जानकारी दिए । यो सगैँ कार्यसमितिको संख्या १३ पुग्नेछ । 

 

जिल्लामा संस्थागत विध्यालयहरुको छाता संगठन प्यावसन र एनप्यावसन मध्ये प्यावसन अन्तर्गत मात्र ५१ वटा विद्यालयहरु छन जस्ले संस्थागत विद्यालयहरुको ७० प्रतिशत भन्दा बढी ओगटेको छ । 

 

संस्थागत विद्यालयहरुको प्यावसनमा जिल्लामा अहिले ४२ हजार भन्दा बढी विद्यार्थी अध्यण गर्दै आएका प्यावसन महोत्तरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖