मधेसका मेयरले निःशुल्क बाँडे सिलिन्डर सहित ८ हजार ग्याँस चुल्हो

सञ्जय मिश्रा /रौतहट, २४ पुस। भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ।

 

मेयर शेख वकीलको पहलमा नगरलाई धुवाँमुक्त बनाउन ८ हजार परिवारलाई ग्याँस सिलिन्डरसहित चुल्हो सेट निःशुल्क वितरण गरिएको हो । परोहा नगरपालिका– ४ स्थित प्रहरी चौकीको  प्रांगणबाट आइतबार देखी ग्याँससहितको चुल्हो सेट बितरण कार्यक्रम सुरु भएको हो ।

 

ग्याँस सिलिण्डर चुल्हो सेट बितरण कार्यक्रम बुधवार पनि जारी रहेको छ। नगरसभाबाट पारित कार्यक्रम अनुसार नगरको प्रत्येक घर परिवारलाई पुग्ने गरी लगभग ८ हजार ग्याँस चुल्हो सेट बितरण गर्ने योजना र कार्यक्रम बितरण भईरहेको परोहाका प्रमुख प्रशासकीय अधिकृत महमद महफुज अहमदले बताएका छन्।

 

‘चुनावमा प्रतिबद्धता गरेको थिए ,त्यहि प्रतिबद्धता पुरा गर्न लागि परेको छु । दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा आत्मनिर्भर ग्रामीण क्षेत्रका घर परीवारका महिलामा श्वास प्रश्वास जस्ता रोगको जोखिम रहेको भन्दै धुवाँ मुक्त नगर बनाउने चुनावमा गरेको प्रतिबद्धता अनुसार ग्याँस सहितको सिलिण्डर तथा चुल्हो सेट बितरण कार्यक्रम आयोजना गरिएको हो,’ मेयर शेख वकिलले भने ।

 

नगरका हुनेखाने परिवारको पहिले देखि नै ग्याँस चुल्होसम्म पहुँच भएतापनि अति गरीब बिपन्न तथा दलित परिवारमासमेत नगरपालिकाद्वारा पहुँच बनाएपछि उनीहरू निकै खुसी भएका छन्।

 

परोहा नगरपालिकामा नेपाली कांग्रेसको टिकटबाट दोस्रो पटक मेयर बनेका शेख वकिलको सक्रियतामा पहिलो कार्यकाल मै गाउँगाउँमा कालोपत्रे बाटो, ढलान देखी बाटोको दुबै तर्फ वृक्षारोपण जस्ता महत्वपूर्ण कामहरू भएको छ।

 

जिल्लाको १८ पालिकामध्ये अधिकांसमा बजेट कै भागबन्डाको विषय लिएर जनप्रतिनिधि बिच पटक पटक बिवाद हुँदै आएको छ। तर परोहाका मेयर शेख वकिलको सुझबुझले नगरमा बजेट अथवा अन्य कुनै बिषयमा जनप्रतिनिधि बिच कहिलै मनमुटाव समेत नभएको स्थानीयहरुले बताएका छन्।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖