संसदको आगामी (हिउँदे) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय सम्बोधन हुन्छ : कानून मन्त्री चौरासिया

काठमाडौ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संसदको आगामी (हिउँदे ) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताउनुभएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मन्त्री चौरसियाले संविधानले नै निर्देश गरे अनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा हाल देखा परेका जटिलता सम्बोधन गर्ने गरी संसदमा लैजाने गृहकार्य भइरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन जतिसक्दो छिटो होस् भनेरै हामी गृहकार्यमा छौँ, यस सम्बन्धमा के कसरी अघि बढ्ने भनेरै गृहमन्त्रालयसहित अन्य सरोकारवाला मन्त्रालयसँग हामीले छलफल गरिरहेका छौँ ।’

यसअघि संघका अध्यक्ष डा बद्री केसीले संविधानको धारा १४ मा प्रष्ट व्यवस्था भएको समाजिक, सांस्कृतिक र आर्थिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने भन्ने भावना अनुसार नगारिकता प्रदान गरिसकिएको भएपनि त्यसको कार्यान्वयन नभएकोले राजनीतिक अधिकार बाहेक सम्पूर्ण अधिकार नेपाली नागरिक सरह नै प्रयोग गर्न पाउने गरी कानुनी प्रक्रिया अघि बढाईदिनहुनको लागि अनुरोध गर्नुभएको थियो ।

अध्यक्ष डा केसीले गैरआवासीय नेपाली परिचपत्र लिएका नेपालीहरुलाई गैरआवासीय नेपाली नागरिक सरह पाउने अधिकारको व्यवस्थाको लागि पहल गरिदिन पनि अनुरोध गर्नुभयो । उक्त अवसरमा अध्यक्ष डा केसीले पुस्तौंदेखि विदेशी नागरिक भएर विभिन्न मुलुकमा बसेका नेपाली मूलका व्यक्ति र परिवारलाई नेपाली भएको पहिचान खुल्ने परिचयपत्र सम्बन्धमा पनि ध्यानाकर्षण गराउनुभएको थियो ।

जवाफमा मन्त्री चौरसियाले भन्नुभयो, ‘पुस्तौंदेखि सार्कबाहेकका मुलुकमा बस्दै आएका नेपाली, जसले ती मुलुकमा नेपाल, नेपाली भाषा, र संस्कृतिको जगेर्ना गर्दै आएका छन्, उनीहरूले राख्दै आएको मागबारे सकारात्मक छलफल भइरहेको छ । उहाँहरूले नेपाली मूलको हुँ भन्ने परिचय माग्दै आउनुभएको छ, त्यस्तो परिचयपत्र दिन आवश्यक पर्ने कानुनी प्रावधानबारे हामी छलफलमा छौँ । र झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको छ ।’

सो अवसरमा संघका तर्फबाट गैरआवासीय नेपाली नागरिकता बहाल व्यक्तिलाई भिसा लिनु नपर्ने र भिसाको म्याद अवधि सकिएकाले पनि थप गरिरहनु नपर्ने विषयका लागि मन्त्रालयमार्फत अध्यागमन विभागद्वारा कार्यान्वयनको लागि पहल गरिदिन, गैरआवासीय नेपाली नागरिकलाई सवारी साधन खरिद र सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि आवश्यक कानून निर्माणका लागी पहल गरिदिन, नेपाली नागरिक सरह गैरआवासीय नेपाली नागरिकले समेत नेपालमा कम्पनी दर्ता, सञ्चालन, व्यवस्थापन र खारेज गर्न पाउने व्यहोरा सहित कम्पनी रजिष्ट्रारको कार्यालयलाई परिपत्र गरिदिन, नेपाल सरकारद्वारा जारी गरिएको नेपाली परिचयपत्र लिएका गैरआवासीय नेपालीहरुलाई स्वदेश भित्र हवाई यात्रा गर्दा विदेशी नागरिक सरह व्यवहार गर्ने भएको हुनाले उनीहरुलाई नेपाली नागरिक सरहको हवाई यात्राको सुविधाका लागि कानुनी रुपमा सहजीकरण गरिदिन समेत अनुरोध गरिएको छ ।

जवाफमा मन्त्री चौरसियाले यी सबै विषयबस्तु समेट्ने गरी झण्डै एक दर्जन विधेयक संसदमा लैजाने तयारी भइरहेको बताउनुभयो ।
सो अवसरमा मन्त्रालयका तर्फबाट सचिव उदयराज सापकोटा सहसचिव अरुणा जोशी समेत सहभागी हुनुहुन्थ्यो । यस्तै संघका सहकोषाध्यक्ष कृष्ण तिमिल्सेना प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र सूचना तथा वैदेशिक रोजगार अधिकृत इन्द्रलक्ष्मी घिमिरेको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।