राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेशको अध्यक्षमा किशोर विश्वकर्मा
धनकुटा,२८ पुष । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा सम्पन्न भएको राष्ट्रिय दलित पत्रकार संघ कोशी प्रदेश समितिको प्रथम अधिवेशनले बनयाँ कार्यसमिति चयन गरेको छ ।
सो अधिवेशनले किशोर बिश्वकर्माको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अनिता रसाइली र मेनुका बिश्वकर्मा, सचिवमा राकेश नेपाली, सहसचिवमा मिन्टु दास र कोषाध्यक्षमा लिला घिमिरे चयन हुनु भएको छ ।
त्यस्र्तै संघको सदस्यहरुमा खेममाया शिवा, चिरञ्जीवी शंकर, आयुष्मा शंकर, सुनिता रसाइली, नरेष खाती र भुपाल सुर्खेती चयन हुनु भएको छ ।



