धनकुटामा कार्यरत प्रहरी नायव निरीक्षक प्रधान कोशी प्रदेशमा पुष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, माघ ४ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय भेडेटार धनकुटामा कार्यरत प्रहरी नायव निरीक्षक रमेश प्रधानलाई २०८१ साल पुष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।

विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव निरीक्षक रमेश प्रधानले पुष २५ गते धनकुटाको साँगुरीगढी गाउँपालिका-९ चाँदीबजार स्थितमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा लागूऔषध गाँजा बोकी धरानतर्फ जाँदै गरेका मानिसहरुलाई नियन्त्रणमा लिन खोज्दा उनिहरुले प्रहरी माथि नै आक्रमण गरे पश्चात हवाई फायर गरी मोटरसाइकलमा सवार रहेका ६ जना मानिसहरुलाई ५ वटा मोटरसाइकल तथा १२० किलोग्राम लागूऔषध गाँजा सहित पक्राउ गर्न सफल भएको थियो ।

साथै आफ्नो जिम्मेवारी एरिया इलाकाहरुमा शान्ति सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा निज प्रहरी नायव निरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८१ साल पुष “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖