अबैध सालको काठ सहित २ जना पक्राउ

सञ्जय मिश्रा, रौतहट । रौतहट स्थित प्रहरी गस्ती टोलीले अवैध सालको चिरान काठसहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईको कमाण्डमा खटिएको प्रहरी

गस्ती टोलीले गएराती डेढ बजे चन्द्रपुर नगरपालिका ४ स्थित अबैध काठ सहित दुबैजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा स्थानिय वर्ष ३२ का जयकिशोर कुमार र वर्ष ४० को सनिचर धामी रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि दीपक कुमार रायले न्युज कारखाना लाई बताएका छन्।

उनीहरूको साथबाट  ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडया दहबाट चन्द्रनिगाहपुर तर्फ लैजादैँ गरेको अवस्थामा करिव २१ क्युफिट सालको १३ थान चिरान काठ बरामद गरि कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

चाडँपर्वको समयमा बन कर्मचारीले गस्ती कम गरेपछी रौतहटमा तस्कर समूहले अबैध रुपमा काठ कटानी तथा ढुवानी तिब्र गतिमा गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖