भैरहवामा पहिलोपटक न्युरो विज्ञान सम्मेलन

भैरहवा, १८ फागुन ।  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेश र नेपाल पक्षघात संघको आयोजनामा भैरहवामा पहिलोपटक प्रदेशस्तरीय न्युरो विज्ञान सम्मेलन भएको छ । 

देश विदेशमा प्रयोगमा भएको चिकित्सा विज्ञान, अनुसन्धान र अपडेटबारे चिकित्सा क्षेत्रमा जानकारी दिने उद्देश्यले भैरहवामा सम्मेलन गरिएको लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष डा. विषणुप्रसाद पौडेलले जानकारी दिए । नेपालमा विभिन्न विषयमा यस्तो सम्मेलन हुने गरे पनि यो  चिकित्सकहरुलाई सहजताका लागि सम्मेलन गरिएको उनले बताए । 

सम्मेलनले मुख्यतया न्युरो मेडिसिन, न्युरो सर्जरी, नाक, कान, घाँटी, साइक्याट्रिक, ग्यास्ट्रो, रेडियोलोजी, आँखालगायतको उपचार क्षेत्रमा सहयोग पु¥याउने र यसको छिटो समस्या समाधान गर्नका सहयोगी बनेको कार्यक्रम संयोजक डा.सुवास ज्ञवालीले बताए  सम्मेलनमा नेपालका विभिन्न क्षेत्रमा प्रदेशका विभिन्न अस्पताल तथा क्लिनिकहरुमा कार्यरत दुई सयभन्दा बढी डाक्टरहरुको सहभागिता थियो । सम्मेलनमा नेपालसहित भारत र थाइल्याण्डलगायतका विशेषज्ञ कन्सल्टटेन्टहरुले प्रयोग गरेको विषय र पछिल्लो प्रणलीबारे १८ वटा कार्यपत्र प्रस्तुत गरेको कार्यक्रम संयोजक डा. प्रकाश भट्टराईले बताए ।

सोसाइटी दुई वर्षदेखि मेडिकलसँग सम्बन्धित रही उपचारमा सहजताका लागि थुप्रै कार्यक्रम गर्दे आएको सासाइटीका महासचिव सरोज थापाले बताए । अहिले विभिन्न क्षेत्रका फिजीसियनहरुलाई केन्द्रित गरी न्युरोसम्बन्धी कार्यक्रम गरिएको छ । सम्मेलनले नेपाल सरकारले टाउकोको नशा सुकेर हुने समस्याको समाधानका लागि लाग्ने औषधि निःशुल्क विभिनन अस्पतालमा दिने व्यवस्था गरेकोमा त्यसको उचित प्रयोग गर्दै भएको ज्ञान सीपसँगै सम्मेलनमा लिएको अनुभव र ज्ञानलाई आप्नो अस्पतालमा गएर प्रयोग गर्नेमा सहजता प्रदान गर्नु रहेको भट्टराईले बताए। 

सम्मेलनको पूर्वसन्ध्यामा नेपालमा पक्षघातसम्बन्धी रोगको अवस्था, उपचार पद्धति, सुधार र समस्या समाधानको विषयमा गोष्ठीसमेत गरिएको थियो । नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट, बोहरिंगर इन्गेलहाइम तथा लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको संयुक्त सहयोगमा गोष्ठी आयोजना गरिएको संस्थाले जानकारी दिएको छ । नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष डा. लेखजंग थापाले तालिमपश्चातको उपचारले विरामीको नतिजा राम्रो हुने बताए ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖