सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रपुर अस्पतालले दियो ५० हजार आर्थिक सहयोग

रौतहट, २० फागुन । ब्रेन ट्युमर रोगबाट ग्रसित रौतहटका सञ्चारकर्मी फणिदेव महतलाई चन्द्रनिगाहपुरमा रहेको चन्द्रपुर अस्पताल प्रालीले ५० हजार आर्थिक सहयोग गरेको छ । सञ्चारकर्मी महत्त्वलाई सो अस्पतालले निःशुल्क सेवा समेत दिने बताइएको छ । 

मङ्गलबार अस्पतालमा आयोजित एक कार्यक्रमका बीच अस्पतालका सञ्चालक डाक्टर सुवास चौधरीले सञ्चारकर्मी महतलाई ५० हजारको चेक हस्तान्तरण गरेका थिए । विगत लामो समयदेखि ब्रेन ट्युमर रोगबाट ग्रसित सञ्चारकर्मी महतलाई अस्पतालले अस्पतालबाट हुने सेवा निःशुल्क रुपमा प्रदान गर्ने डाक्टर चौधरीले जानकारी दिएका थिए । 

अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको तलब बापतको रकम सञ्चारकर्मी महतको उपचारमा सहयोग पुगोस् भन्ने हिसाबले आफूहरुले प्रदान गरेको अस्पतालका डाक्टर चौधरीको भनाइ रहेको छ । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजयकुमार कार्कीले सञ्चारकर्मी महतको उपचारमा सबैले सहयोग गरिदिन आग्रह गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा रौतहटका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । 

आर्थिक रूपमा विपन्न रहेका सञ्चारकर्मी महत विगत लामो समयदेखि ब्रेन ट्युमरको उपचार गराइरहेका छन् । रौतहट जिल्लालाई कार्यक्षेत्र बनाएर विगत दुई दशकभन्दा बढी समयदेखि सञ्चारकर्मी महतले विभिन्न संचार माध्यममा काम गरिसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖