नेपाल बारको निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धन हुने

काठमाडौं । नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन हुने भएको छ ।

अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बन्ने सहमतिसहित एमाले र कांग्रेसले गठबन्ध गर्ने भएका हुन् । मिश्र नेपाल बारका पूर्वमहासचिव हुन् भने कोइराला कोशीका पूर्व मुख्य न्यायाधीवक्ता हुन् ।

नेपाल बारको नयाँ पदाधिकारी चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । निर्वाचनमार्फत २५ सदस्यी कार्यसमिति चयन हुनेछ । नेपाल बारको नयाँ कार्यसमितिको निर्वचनका लागि आज बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता हुदै छ ।

२५ सदस्यीय कार्यसमितिमा कांग्रेसले अध्यक्षसहित १२ र एमालेले महासचिवसहित १३ पद लिने सहमति भएको छ । दुवै दलसमर्थित कानुन व्यवसायीहरु अहिले अन्य उम्मेदवारको टुंगो लगाउन व्यस्त रहेका छन् ।

नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्, सर्वोच्च अदालत बार एशोसिएशनको पदाधिकारी चयनका लागि हालसालै सम्पन्न भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको संगठन गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन), एमालेनिकट कानुन व्यसायीहरुको संगठन पीपीएल र अन्य संगठनबीच तालमेल भएको थियो । नेपाल बारको निर्वाचनमा सोही गठनबन्धन व्युँतिने बताईएपनि माओवादी निकट कानुन व्क्य्वासायीले अध्यक्ष नदिएपछि एमालेले कांग्रेससँग गठबन्धन गरेको बताइएको छ ।

माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको संगठन आरपीएलएएनले भने वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । वरिष्ठ अधिवक्ता श्रेष्ठ नेपाल बार एशोसिएशनका पूर्व महासचिव र पूर्व महान्यायाधिवक्तासमेत हुन् । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖