नारी दिवसमा सिद्धार्थनगरमा प्रभातफेरी, इ–रिक्सा चालकसहित १३ सरसफाईकर्मी महिलालाई सम्मान

भैरहवा, फागुन २४ । ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइएको छ ।

सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ महिला दिवस मनाएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पनि शनिबार बिहान महिला  दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरेको छ । कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँको अध्यक्ष्ता रहेको थियो भने लुम्बिनी सभा सदस्य हेमा बेलबासेको प्रमुख आथित्यतामा कार्यक्रम समपन्न भएको थियो । 

कर्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी सभा सदस्य हेमा बेलबासे नारी दिवस शुभकामना दिदै यो दिवस पर्वको रुपमा नाउदै आएको बताएकी छन । “महिलाहरुले पहिला आफुमा सुधार ल्याउनु आवश्यक छ, अनि घर,समाज, बल्ल देश परिवर्तन हुन्छ ।” उनले बताइन ।  यसैगरी, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँले महिलाहरुले आफ्नो हक अधिकारको लागि लड्न सधै अघिसर्न आवश्यक रहेको बताएका छन । महिलाहरुलाई संविधानले दिएको हक अधिकारको भरपुर फाइदा लिनका लागि आग्रह गरे । 

कार्यक्रममा बोल्दै  सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले महिलाहरुले आफ्नो अधिकार मात्र खोज्ने होइन कि आफ्नो कर्तव्य पनि पुरा गर्नु आवश्यक रहेको बताएकी छन ।  यसैगरी सामाजिक अभियान्ता तथा नमुना एकिकृत विकास परिषका सदस्य ज्ञानु पौडेलले महिलाहरु हरेक पक्षमा अगाडी हुनु आवश्यक रहेको बताएकी छन । महिलाहरुले आट्यो भने कुनै कुरापनि असम्भव छैन अभियान्ता पौडेलले भनिन् । 

नगरपालिकाले महिला दिवसको अवसरमा एकजना इ–रिक्सा चालक महिला सहित १३ जना सरसफाईकर्मी महिलाहरुलाई दोसल्ला ओढाई, प्रमाणपत्र र खाद्यान्न समेत वितरण गरेको थियो ।  विभिन्न संघसंस्थामा आबद्ध रहेका व्यक्तित्वहरुको उपस्थिति नगरपालिकाले बिहान देवकोटा चोकबाट प्रभातफेरी ¥याली निकाल्दै सिद्धार्थनगर नगरपालिकको प्रङ्गणमा आएर सम्पन्न भएको गरेको थियो ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।