सञ्चारिका समूह कोशी प्रदेशको अध्यक्षमा आचार्य
विराटनगर । सञ्चारिका समूह कोशी प्रदेशको दोस्रो अधिवेशनले १३ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ ।
आज विराटनगरमा सम्पन्न अधिवेशनले तारा आचार्यको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिती चयन गरेको हो ।
समितीको उपाध्यक्षमा रुमा रिजाल, महासचिवमा जुनु भट्टराई, सचिवमा सुप्रिया राई र काेषाध्यक्षमा कविता घिमिरे रहेका छन् ।
त्यस्तैगरि सदस्यहरुमा ईन्दु शाह, शान्ती राई,उर्मिला दनुवार, सीता लिम्बु,सुशिला संग्रौला लगायत रहेका छन् ।



