रुकुम पुर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा मातृत्व जोगाउने अभियान

रुकुम । कल्प इम्पावर वेमेन नेपालले चैत्र २८ गते देखि २०८२ साल बैसाख ३ गते सम्म पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा मातृत्व जोगाउने अभियान “भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्याप” संचालन गरेको छ ।

गत चैत्र २६ गते भुपेन्द्रा बुढा स्मृति क्यापिएँन सी-क्यापको औपचारिक शुभारम्भ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकको प्रमुख आतिथ्यतामा बडीगाड गाउँपालिका कार्यक्रम भएको थियो।

पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्व, बडीगाड गाउँपालिका, बागलुङ; अन्नपूर्ण गाउँपालिका, म्याग्दी; पचालझरना गाउँपालिका, कालिकोट,पटेर्वा सुगौली गाउँपालिका, पर्सा; सिगास गाउँपालिका, बैतडी; र गौमुल गाउँपालिका, बाजुरा —गरी ७ स्थानीय तहका करिब १०,००० किशोरी र महिलालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने लक्ष्य लिइएको यो अभियानले पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा समेत कार्यक्रम संचालन गरेको जानकारी संस्थाकि अध्यक्ष पुजा कोइरालाले दिनुभयो ।

अध्यक्ष पुजा कोइरालाका अनुसार किशोरी समूहलाई अभिमुखीकरण कार्यक्रम साथै गठन, स्वास्थ्य गाउँ साक्षरता अभियान र पाठेघरको मुख क्यान्सर भी.आइ. ए.चेकजाच निशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको छ।एक दिने शिविरको ७० जना महिलाले प्रत्यक्ष लाभ लिनुभएको थियो ।

अभियानको अन्तिम दिन निशुल्क स्वास्थ्य शिविरको अवसरमा आयोजित औपचारिक कार्यक्रमको अध्यक्षता पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष नरपुरा बुढा पुनले गर्नु भएको थियो भनि कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत ध्रुव वि.कले पुथा उत्तरगङ्गा गाउँपालिका हिमाली गाउँपालिका रहेको र १४ वटा वडा रहेको भौगोलिक विकटता रहेको गाउँपालिका मातृत्व जोगाउने अभियानले ठुलो अर्थ राख्ने मन्तव्य व्यक्त गर्नु भयो। निशुल्क स्वास्थ्य शिविरमा डा. विजय ओझा विशेषज्ञ डाक्टरको रुपमा उपस्थीत हुनुहुन्थ्यो ।

पुथा उत्तरगङ्गा गाउँपालिका, रुकुम पूर्वमा कार्यक्रम अहिले सुदूरपश्चिमको बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖