विराटनगर महानगरद्वारा डिजिटल नागरिक वडापत्र सञ्चालन

विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक वडापत्र सञ्चालनमा ल्याएको छ ।

महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक वडापत्रको मेयर नागेश कोइरालाले शुभारम्भ गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरुको उपस्थितिमा मेयर कोइरालाले डिजिटल नागरिक वडापत्र शुभारम्भ गर्नुभएको हो ।

वडापत्रमा महानगरपालिका तथा वडा कार्यालयमार्फत प्रवाह हुने सम्पूर्ण सेवाहरुका बारेमा जानकारी प्राप्त हुनेछ । महानगरपालिकाबाट सार्वजनिक हुने सूचना तथा समाचारहरु समेत वडापत्रमार्फत हेर्न सकिने आइटी शाखाकी इन्जिनियर अर्चना कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार मोबाइल चलाउन जान्ने सबैले वडापत्रमार्फत महानगरबाट प्रवाह हुने सेवासहितका महानगरसँग सम्बन्धित अन्य जानकारीहरु पनि प्राप्त हुनेछ । वडापत्रमा सुन्ने र पढ्ने दुवै सुविधा उपलब्ध रहेको कर्णले बताउनुभयो । जनप्रतिनिधि, विभिन्न महाशाखा प्रमुख, शाखा प्रमुखसहित कर्मचारीहरुको विवरणसमेत राखिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगरले प्रवाह गर्ने सबै सेवा र गतिविधिहरु पारदर्शी रुपमा हेर्न र बुझ्न सजिलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनताका लागि यो वडापत्रमार्फत अत्यन्तै पारदर्शी र सर्वसुलभ सेवा प्राप्त गर्न सहज भएको छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।