चट्याङ पर्दा संखुवासभाका दुई जनाको कास्कीमा मृत्यु
संखुवासभा । कास्कीमा चट्याङ पर्दा संखुवासभाका दुईकाे मृत्यु भएकाे छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको त्रिवेणी ताल पदमार्गमा काम गर्ने २ जना मजदूरको चट्याङ लागेर ज्यान गएको प्रहरीले जनाएकाे छ ।
ज्यान गुमाउनेहरूमा सङ्खुवासभाको सिलिचाेङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेका पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङले जानकारी दिए । उनीहरूलाई दिउँसो चट्याङ लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे पुष्ट गर्दै सुरक्षा टोली खटाईएकाे जनाएको छ ।


