सीपलाई रोजगारीसँग जोडौं: श्रम मन्त्री

काठमाडौं, २४ बैशाख ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले रोजगारीको विकल्प रोजागरी नै हुने भएको हुनाले त्यसका लागि सबै पक्ष मिलेर काम गर्नुपर्ने बताएका छन ।

 
बुधवार काठमाडौंमा नेपाल ट्रेड युनियन काँग्रेस र जापान इन्टरनेशनल लेबर फाउन्डेसनको संयुक्त आयोजनाका आयोजित अद्योगिक सम्बन्ध र श्रम नीति सम्बन्धी सेमिनारमा बोल्दै मन्त्री भण्डारीले रोजगारीलाई सिपसँग जोडन सके देश भित्र पनि थुप्रै रोजगारहरु सृजना गर्न सकिने दाबी गरे ।

 

बजारको माग अनुसार सिपयुक्त जनशिक्ती भएन त्यसलाई रोजगारसँग जोड नसकिने बताएका हुन । उनले भने, ‘बजारको माग अनुसार सिपयुक्त श्रमशक्ति छैन भने त्यसलाई रोजगारसँग कसरी जोड्ने ? रोजगारको लागि मुख्य विषयलाई सिपयुक्त श्रमशक्ति हो ।’

मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको समस्याहरु एक अर्कामाथि आरोप लगाएर पन्छिन नमिल्ने बताए । सरकार, टे«ड युनियन र निजी क्षेत्र मिलेर सामाजिक सुरक्षा होस वा न्युन्तम ज्याला लगायतका बिषयमा सहमतीमा साथ अगाडि बढनु पर्ने उनले बताए ।  

उनले कुनै पनि पक्षले एक अर्कामाथि आरोप लगाए पन्छिन नमिल्ने जिकिर गर्दै सबै पक्ष जिम्मेवार भएर देखिएका समस्याहरु सामाधन गर्नुपर्ने बताए । उनले भने, न्युन्तम ज्यालाका लागि एउटा त्रिपक्षीय समितिले काम गरी राखेका छन । यो समितिले एउटा ठोस निष्कर्ष सहित न्युन्तम ज्यालाका सम्बन्धमा प्रस्ताव गर्नेछ । 

 

मन्त्री भण्डारीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा श्रमिकहरुको हकहितलाई ध्यानमा राखी सामाजिक सुरक्षामा अनिवार्य लागु हुने कार्यक्रम अगाडि सारिएको भन्दै त्यसका लागि आवश्यक ऐन, कानुनहरु संशोधन हुने बताए । 

 

उनले सरकारले ल्याएको यस नीतिबाट औपचारिक र अनौपचारिक क्षेत्रमा रहेका सम्पूर्ण श्रमिकहरुको हकमा लागु हुने बताए । त्यसका लागि सबै पक्ष जिम्मेवार हुनु पर्नेमा जोड दिए । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।