धान दिवसका अवसरमा महानगरद्वारा सामूहिक रोपाइँ आयोजना

विराटनगर । २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ आयोजना गरेको छ ।

महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले विराटनगर वडा नम्बर १६ को दरैयामा आयोजना गरेको कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले सामूहिक रोपाइँको शुभारम्भ गर्नुभएको थियो ।

स्थानीय दरैहिया कृषि सहकारी संस्थाको समेत सहयोगमा आयोजित कार्यक्रममा उपमेयर कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, वडा नम्बर १९ का अध्यक्षसमेत रहनुभएका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, वडा नम्म्बर १६ का अध्यक्ष उद्धव भुजेल, वडा नम्बर १० का अर्जुन गिरी, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, नगर प्रहरीका प्रमुख राजन पौडेल, कृषि तथा पशुपंक्षी विकास शाखाका प्रमुख हिरालाल यादवलगायतले सामूहिक धान रोप्नु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आयातलाई प्रतिस्थापन गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्नेमा जोड दिनुभयो । धानको खपत बढ्दै गएको चर्चा गर्दै उहाँले धानमा समेत नेपाल आत्मनिर्भर हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । असार १५ को छुट्टै महत्व रहेको बताउँदै उपमेयर कार्कीले आयातलाई प्रतिस्थापन गर्ने गरी धान उत्पादन गर्नु आवश्यक रहेको औंल्याउनुभयो । धान रोपाइँपछि दही, चिउरा खाएर खुसी साटासाट गरिएको थियो ।

महानगरले हरेक वर्ष असार १५ गते सामूहिक धान रोपाइँ आयोजना गर्दै आएको शाखा प्रमुख यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष वडा नम्बर १९ को घिनाघाटमा सामूहिक धान रोपाइँ आयोजना गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।