विराटनगर महानगर कार्यपालिका सदस्यको निधनमा श्रद्धाञ्जली सभा

विराटनगर । विराटनगर महानगरपालिका कार्यपालिका सदस्य सञ्जीवकुमार साहको स्मृतिमा महानगरले श्रद्धाञ्जलीसभा आयोजना गरेको छ ।

मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलसहित विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, महानगरका विभिन्न महाशाखा, शाखा प्रमुखका साथै कर्मचारीलगायतको उपस्थितिमा महानगरको हलमा आयोजित सभामा निवङ्गत कार्यपालिका सदस्य साहका विषयमा चर्चा गरिएको थियो ।

मेयर कोइरालाले निवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै महानगरका लागि साहको अभाव सधैं रहिरहने बताउनुभयो । उहाँले कार्यपालिका सदस्य साह अत्यत्यै सरल र जनताको कामप्रति सधैं सक्रिय रहने गरेको भन्दै स्मरण गर्नुभयो । परिवारमा पर्न गएको चोेटप्रति मेयर कोइरालाले समवेदना व्यक्त गर्दै छोराको पठनपाठनमा महानगरले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । वडा नम्बर १३ का अध्यक्ष सूर्यलाल यादवले पनि साहको विषयमा चर्चा गर्नुभएको थियो ।

कार्यपालिका सदस्य साहको यही असार १३ गते शुक्रबार हृदयघातका कारण निधन भएको थियो । साह राप्रपाका तर्फबाट २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर वडा नम्बर १३ को सदस्यमा निर्वाचित भएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖