सिरहामा बालकको मृत्युपछि अस्पताल तनावग्रस्त
सिरहा । सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा १० वर्षीय बालक राजन महराको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ।
चिकित्सकको लापरवाहीका कारण ज्यान गएको भन्दै आक्रोशित आफन्त र स्थानीयले अस्पतालमा तोडफोड प्रयास गर्दै सडक अवरुद्ध गरेका छन्।
स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको छ। झडपमा ९ प्रहरी र १ स्थानीय घाइते भएका छन्। मृतकका आफन्तले दोषी चिकित्सक र अस्पताल व्यवस्थापनमाथि कारबाहीको माग गरेका छन्।
घटनास्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ।


