रौतहटमा भारतिय नम्बरको चोरीको स्कार्पियो बरामद

रौतहट, १६ असार । रौतहटको सीमावर्ती ईलाका प्रहरी कार्यालय राजपुरको गस्ती टोलीले भारतिय नम्बरको चोरीको एकथान स्कार्पियो गाड़ी बरामद गरेको छ।

 

राजपुर- ३ स्थित  प्रहरीले चेकजाँचको क्रममा विआर ३१ प ०८०७ नम्बरको सेतो रंगको महिन्द्रा स्कारपियो गाडी बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्युज कारखानालाई बताए । उक्त गाडी आवश्यक कागजात बिना अवैध रुपमा भारतबाट नेपाल ल्याइएको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

 

बरामद गाडीको २० लाख रुपैयाँ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि आज सोमवार जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। चोरीको गाडी कसले कहाँबाट ल्याएको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।