विद्यालय बन्द गरेका छैनौ : नेशनल प्याब्सन
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) ले आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरुले विद्यालय बन्द नगरेको बताएका छन्।
विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दालन गर्दै आएका उनीहरुले विद्यालय भने बन्द गराउने पक्षमा नरहेको प्रष्टयाएका हुन् ।
विद्यालयको पठनपाठन बन्द गरी सो विधेयकको विरोधमा आफूले आन्दोलनलाई निरन्तरता दिन आफूहरु प्रतिवद्ध रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) ले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।
नेशनल प्याब्सनका अध्यक्ष गीता क्षेत्री राणाले निजी विद्यालयनै बन्द गर्नुपर्ने अवस्थामा रहेका पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउदै लैजाने भन्ने सो विधेयकमा उल्लेख गरिएको शब्द तत्काल हटाउन पनि सरकारलाई दबाब दिनुभयो ।
उहाँले शुल्क वृद्धि हुने र गरिव अभिभावकलाई मारमा पार्ने खालको ऐन नल्याउन सरकारले माग गरेका छन्।


