मृगौलामा समस्या भएका तेह्रथुमका लिम्बुलाई ७६ हजार ५ सय एक रुपैया सहयोग हस्तान्तरण
तेह्रथुम । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नं २ साबीक ओयाक्जुङ गाविस वडा नम्बर ४ बस्ने मृगौलामा समस्या आई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी उपचार गराई रहेका प्रकास लिम्बुलाइ ७६ हजार पाचसय १ रुपैया आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
स्वास्थ्य चिकित्सकको सल्लाह अनुसार दुवै मृगौला मा गम्भीर समस्या भई उपचारको लागि आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र आर्थिक सहयोग गरिदिन फेदाप २ मार्फत सिफारिस भएकोले आफू सहित देश तथा परदेसमा रहेका आफन्त तथा साथिभाइ हरु मार्फत सहयोग संकलन गरिएको समाजसेवि देब बास्कोटाले बताउनु भएको छ ।
उक्त सहयोग रकम चेतनाथ सापकोटाले पीडितका बुबा नर बहादुर लिम्बु लाई हस्तान्तरण गरेका हुन ।-रेडियो आठराई


