सम्पर्कविहिन दुई युवा मध्ये एक जनाको शव फेला
बेनी । म्याग्दीको बेनीबाट गत शनिवारदेखि सम्पर्विहिन रहेका दुई युवा मध्ये एकजनाको शव भेटिएको छ।
बेनपा–६ जामुनाखर्कका हरि रिजालको शव स’म्पर्कवि’ही’न बनेको ६ दिनपछि शुक्रबार दिउँसो मा’लढुङ्गा स्थित कालीगण्डकी न’दीको बाग्लुङतर्फको किनारमा फे’ला परेको हो। शव देख्नासाथ स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
परिवारले शवको पहिचान गरेपछि पोष्टमार्टमका लागि बाग्लुङ अस्पताल पठाइएको छ। आजै बेनीस्थित घाटमा दा’ह’सं’स्कार गरिने परिवारिक स्रोतले जानकारी दिएका छन्।
हरिसँगै सम्पर्कविहीन रहेका अर्का युवा रघुगंगा–२ भगवतीका कुमार रिजालको स्थिति भने अ’झै थाहा छैन । दुवै युवा बेनीको रिङरोडबाट मोटरसाइकलसहित कालीगण्डकी नदीमा खसेको आशंकामा गो’ताखोर टोली, प्रहरी र परिवारले नदी आसपासका क्षेत्रमा खो’ज’त’ला’स जारी राखेका छन्। यसअघि थाङ्नेवगरमा मोटरसाइकलको ट्’या’ङ्की समेत फे’ला परेको थियो।


