बोक्सीको आरोपमा टाउको मुण्डन गरी मानव मलमुत्र ख्वाईयो

सञ्जय मिश्रा /रौतहट, २३ भदौ। रौतहटमा फेरि एक पटक बोक्सीको आरोपमा महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।

 

गरुडा नगरपालिका–८ बसबिट्टि जिङ्गडियामा बसोबास गर्ने रामएकवाल साह बानियाकी ५५ वर्षीया श्रीमती सुशिला देवीलाई छिमेकीहरुले निर्घात कुटपिट गर्दै कपाल मुंडन गरी मानव मलमूत्र खुवाएको हृदयविदारक घटना सार्वजनिक भएको छ ।

 

स्थानीय ४० वर्षीय दिनेश साह कानु, उनका छोरा २२ वर्षीय गोलु साह कानु र ३५ वर्षीय विक्रम साह कानु लगायत मिलेर आईतवार सुशिला देवीमाथि बोक्सीको आरोप लगाउँदै सामुहिक कुटपिट गरेका हुन् । घटनाको सुरुवात बिहान भएको हो, जब दिनेश साह कानुकी श्रीमती ३७ वर्षीया संगिता देवी अकस्मात बिरामी परिन् ।

 

उनलाई उपचारका लागि गरुडास्थित रोमा अस्पताल पुर्याइए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्ज लैजाने क्रममा दिउँसो २ बजे बाटोमै मृत्यु भयो ।

 

संगिता देवीको मृत्युका लागि छिमेकी सुशिला देवीले टुनामुना गरेको आरोप लगाउँदै मृतकको परिवारजनले आक्रोश पोख्दै सुशिला देवीलाई कुटपिट मात्र होइन, कपाल काटेर मलमूत्र समेत खुवाएका हुन् ।

 

घटना बारे जानकारी पाउना साथ दिउँसो करिब ३ बजे प्रहरी टोली घटनास्थल पुगेको थियो ।

 

इलाका प्रहरी कार्यालय गरुडाका सई ज्ञानेन्द्र ढकालको कमाण्डमा पुगेको टोलीले पीडित महिलालाई उद्धार गरेको हो  तर, कुटपिटमा संलग्न तीनै जना भने घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।

 

पीडित परिवारले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दै इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन् ।

 

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले घटनाको पुष्टि गर्दै बोक्सीको आरोपमा कुटपिट गर्ने ७ जना माथी पीडितको तर्फबाट जाहेरी परेको छ। जुन आज दर्ता हुन्छ र कानुन अनुसार कडा कारवाहीको दायरामा ल्याईन्छ।

 

महिलालाई कुटपिट गरी टाउको मुण्डन गरेपछि मलमूत्र खुवाएको आरोप लागेको छ। कुटपिट गरेको टाउको मुण्डन गरेको त स्पष्ट छ मलमूत्र ख्याएको हो कि होइन त्यस बारे अनुसन्धान भईरहेको डिएसपी कार्कीले न्युज कारखानालाई बताएका छन्।

घटना लगतै पीडकहरु सबैजना घर छोडेर फरार भएकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको डिएस्पी कार्कीले जानकारी दिएका छन्।

 

अवस्थाः सामान्य तर पीडितको मानसिक आघात गहिरो
सामुहिक कुटपिटबाट घाइते भएकी सुशिला देवीको शारीरिक अवस्था सामान्य भएर घरमै रहे पनि मानसिक रूपमा गहिरो आघात पुगेको बताइन्छ ।

 

यो घटना समाजमा अझै गहिरो जरो गाडेको बोक्सी प्रथा र अन्धविश्वासको प्रत्यक्ष उदाहरण हो । खासगरी महिलालाई लक्षित गरेर हुने यस्ता आरोपहरूले उनीहरुको जीवन, सम्मान र अस्तित्वमाथि गम्भीर प्रहार गर्छ ।

कुनै व्यक्तिको मृत्यु वा आकस्मिक बिरामी परेपछि वैज्ञानिक उपचार वा कारण खोज्नेभन्दा पनि बोक्सी आरोप लगाउने चलन अझै गाउँघरमा देखिन्छ ।
यस्ता घटनामा अधिकांश पीडित महिला हुने तथ्यले यो प्रथा पितृसत्तात्मक सोच र महिलामाथिको नियन्त्रणको प्रतिफल भएको देखाउँछ ।

कानुनी पक्ष : नेपालमा बोक्सी सम्बन्धी आरोप र हिंसा अपराध मानिएको भए पनि कार्यान्वयनमा कमजोरी देखिन्छ । प्रहरीद्वारा अनुसन्धान र मुद्दा दर्ता भए पनि छिटो कारबाही र सजायको उदाहरणीय कार्यान्वयन आवश्यक छ ।

यस्ता घटना रोक्न कानुनी कडाइ मात्र पर्याप्त छैन, सामाजिक चेतना, शिक्षा र जनजागरण बढाउनु जरुरी छ ।

रौतहटमा घटेको यो घटना केवल एक व्यक्तिको पीडा मात्र होइन, यो सम्पूर्ण समाजको सोच र संरचनाको दुःखद प्रतिबिम्ब हो । जबसम्म अन्धविश्वास र बोक्सी आरोपजस्ता अमानवीय प्रथामाथि सामूहिक रूपमा लडिँदैन, त्यस्तो हिंसाले फेरि–फेरि निर्दोष महिलालाई शिकार बनाइरहनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।