मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु

धनगढी, २९ वैशाख । कैलालीको टीकापुरबाट बौनियातर्फ जाँदै गरेको से ५ प २८३५ नंको मोटरसाइकलबाट खसेर घाइते भएकी ६० वर्षीया शान्ति चौधरीको उपचारका क्रममा आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले उपचारका लागि मोटरसाइकलमा चढाएर झाँक्री कहाँ लैजादै गरिएका अवस्थामा बाटोमा अचानक मोटरसाइकलबाट खसेर घाइते हुनुभएकी भजनी नगरपालिका–८ की चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताउनुभयो ।

यस्तै इलाका प्रहरी कार्यालय सडकपुर बौनिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बर्दगोरिया गाउँपालिका–६ टुक्की बजारमा भे १ त २१९३ नंको ट्र्याक्टरबाट अवैध ६१.१० क्युफिट काठ बरामद गरेको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।