एमाले नेता केशव बडाललाई हृदयघात

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले) सल्लाहकार परिषद्का केशवप्रसाद बडाल अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज भर्ना हुनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार उहाँको मुटुमा समस्या देखिएकाले शल्यक्रिया गरिएको छ ।

अपराह्न पार्टी कार्यालय आउनुभएका सांसद बडाललाई छाती र पेट दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड अस्पतालमा उपचारका लागि लगिएकामा त्यहाँ प्रारम्भिक उपचारपछि शिक्षण अस्पतालमा भर्ना गरिएको बताइएको छ । उहाँको अवस्था अहिले सामान्य छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖