“गगनेलाई लखेट्” भन्दै एमाले कार्यकर्ताले घेरेपछि स्वास्थ्यमन्त्री थापा सुकेधारासम्म लखेटिए

काठमाडौं, ३० वैशाख । स्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापा कपनबाट लखेटिएका छन् । शनिवार विहान निजी गाडी चढेर एक स्थानीय कार्यकर्ताको घरमा पुगेका मन्त्री थापालाई स्थानीय एमाले कार्यकर्ताले लखेटेका हुन् । एमाले कार्यकर्ताको बिरोध र नाराबाजी छलेर कपन जोरधारातिर जाने क्रममा मन्त्री थापाको निजी नम्बर प्लेटको गाडीमा ढुंगासमेत प्रहार भएको प्रहरीले जनाएको छ ।

एमाले कार्यकर्ताहरुले ‘गगनेलाई लखेट् भन्दै’ सुकेधारासम्म लखेटेका छन् । एकतातिर मौन अवधि त अर्कोतिर निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभन दिएको आरोप लगाउँदै एमाले कार्यकर्ताले मन्त्री थापालाई घेराउ गरेर दुर्व्यवहार गरेका हुन् ।

आज बिहानै मन्त्री थापा आफ्नो निर्वाचन क्षेत्र बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित जोरधारामा गएका थिए । कांग्रेस समर्थकको घरभित्र रहेका मन्त्री थापा बाहिर निस्केर घरतिर जाने क्रममा एमाले कार्यकर्ताले घेराउ गरेको बताइएको छ ।

मन्त्री थापाले आफूले आचारसंहिता उल्लंघन नगरेको र कार्यकर्ताको घरमा आएको बताएका थिए । कार्यकर्तालार्इ भेट्दा पनि एमाले कार्यकर्ताहरूले दुव्यबहार गरेको बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖