चुनावमा मतदान गर्न प्रधानमन्त्री दाहाल चितवन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तहको निर्वाचनमा मत खसाल्न चितवन प्रस्थान गरेका छन्।

चितवनको भरतपुर महानगरपालिकाबाट प्रचण्डकी छोरी रेणु दाहाल मेयर पदको उम्मेदवार रहेकी छिन्, जहाँ माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएको छ।

केही दिन अगाडि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा चितवन पुगेर रेणुका लागि भोट मागेका थिए। एउटै जहाजमा प्रचण्ड र देउवा सँगै बसेर चितवन गएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

पत्रकार गोविन्द आचार्यले फ्लाइटको सेल्फी खिचेका हुन्। तस्बिरमा प्रधानमन्त्री दाहाल, पुत्र प्रकाश पनि साथमा छन्।

यस अगाडि यही साता दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा जहाजमा सँगै बसेर चितवन जाँदै गरेको तस्बिर दाहाल पुत्र प्रकाशले सार्वजनिक गरेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।