ट्र्याक्टरले किचेर सुतिरहेका वृद्धको मृत्यु :: दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना यात्रु घाइते

रत्ननगर (चितवन), ३० वैशाख । चितवनको भरतपुरमा ट्र्याक्टरले किचेर एकजना वृद्धको मृत्यु भएको छ ।

आज साँझ ८ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ९ स्थित तीनतले चोकमा ना ४ त ७०४६ नंको ट्र्याक्टरले किचेर ७१ वर्षका स्थानीय लक्ष्मण गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

रातिको समयमा घर अगाडि सुतिरहेका बेला ट्र्याक्टर ब्याक गर्ने क्रममा उनलाई किचेको प्रहरीले जनाएको छ ।

ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक भने सम्पर्कमा नरहेको र खोजी भइरहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

यता पूर्वी चितवनको खैरहनीमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा तीनजना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖