प्रम ‘प्रचण्ड’ द्धारा घोषणा भएको १ करोड अग्नीपीडितलाई उपलब्ध नहुने, घरधनीलाई मात्र सहुलियत ऋण
धनकुटा खबर, तेह्रथुम, ३१ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्ति बजारकाअग्निपिडित सहयोगका लागिघोषणा गर्नु भएको १ करोड रुपैयाँ सहितको विशेष राहतप्याकेज उपलब्ध नहुने भएपछि पिडितहरु चिन्तित भएकाछन् । गत पुस १ गते आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा भएको भिषण आगलागी क्षेत्रको पुस १९ गते स्थलगत निरीक्षण तथा अग्नि पीडितसँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषबाट १ करोडउपलब्ध गराउने घोषणागर्नु भएको थियो ।
गृह मन्त्रालयबाट पीडितहरुको पुर्नस्र्थापना तथा पुननिर्माणका लागि १ करोड उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयको सहमति माग भएकोमा अर्थ मन्त्रालयबाट पीडितहरुकालागि सहुलियत ऋण उपलब्ध गराउने मात्र सहमति भएपछि घोषणा भएको १ करोड पीडितहरुलाई उपलब्ध नहुने भएको हो ।
भोजपुर रतेह्रथुममा भएको आगलागीबाटपूर्ण रुपमाक्षति ग्रस्त ३४ घरधनीहरुलाई आवस निर्माणकालागि २ प्रतिशत ब्याजदरमा शहरी क्षेत्रमा २५ लाख र अन्य क्षेत्रमा १५ लाख सहुलियत ऋणमात्र पाउने भएकाछन् ।
अग्निपीडित परिवारलाई “व्यावसाय पुर्नःस्थापित गर्न विनाधितो न्युनतम ब्याजदरमा ऋण दिने प्रधानमन्त्रीले भाषणमा उल्लेख गर्नु भएको थियो, घरधनीहरुलाईमात्र सहुलियत ऋणआउने भएपछि ठूलो क्षति भएका व्यापारीहरुलाई सम्बोधन नभएको ताप्लेजुङबाट संक्रान्तिबजार आएर व्यापार गर्दै आएका पीडित दिपेश प्रसाईले दुखेसो व्याक्त गर्नु भयो । “लाखौको लागानीको व्यापार खरानी भएको छ ।” पीडीत प्रसाईले भन्नुभयो,“राहातप्योज घोषणाले व्यपार पुर्नस्थापनामा सहयोग हुने आशाथियो, तर राहतप्याकेज भाषणमामात्रसिमितभयो ।”
केन्द्रीय दैवीप्रकोप उद्धार समितिको निर्णयानुसार भोजपुर र तेह्रथुम आगलागी पीडितहरुले आवस पुननिर्माणका लागि भूकम्पपीडितलाई उपलब्ध गराइए सरहको पुर्न उद्धार कोष मार्फत सरकारी कारोवार गर्ने स्थानीयबाणिज्य बैकबाट ऋण उपलब्ध हुने तेह्रथुमका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।
दुई जिल्लाका ३४ घरधनीहरुलाई जिल्ला दैवीप्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमामात्र सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुने बताइएको छ । भोजपुर सदरमुकाममा गतमंसिर ५ गते आगलागीहुदाँ ८ घर पूर्णरुपमा क्षतिभएको थियो ।
तेह्रथुमको संक्रान्ति बजारमा भएको भिषणआगलागीबाट २६ घर परिवारको ३२ घरहरु जलेर पूर्ण रुपमानष्टहुदाँ ७३ परिवार विस्थापित भएका थिए ।
संक्रान्ति बजारमा प्रधानमन्त्री दाहालले आगलागी पीडितहरुका लागि राहतप्याकेजको घोषणागर्दै अग्निपीडित परिवारलाई पुर्नःनिर्माण तथा व्यावसाय पुर्नःस्थापितगर्न विनाधितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रान्ति बजारमा वृहतखाने पानी आयोजना सहितको फायर हाईडे«लको सन्चालन, दमकलखरिद, संक्रान्तिबजारमा चाडै केन्द्रीय प्रशारणलाइन विस्तार गरिदिने समेत प्याकेजमा घोषणा गर्नु भएपनि स्थानीयले अहिले सम्मप्याकेजको महसुस समेत गर्न पाएका छैनन् ।
प्रधानमन्त्रीले तत्कालै संक्रानितबजारमा नेपाल बैंक तथा कृषिविकास बैंकका शाखाहरु पुनःस्थापनाको सम्बन्धित ठाउँमा निर्देशन भई सकेको र तत्कालै बैंककाशाखाहरु पुनःस्थापना गर्नका लागि आवश्यक पहल गरिने बताएपनि आठराई बासीले सरकारी बैंकका सुविधालिन सदरमुकाम म्याङलुङमा ६८ किलोमिटर हिलाम्मे बाटोको जोखिमपूर्ण यात्रागर्न बाध्यभएको स्थानीयबासीले गुनासो गरेकाछन्।
विकासका लागि तमोर जलशाययुक्त आयोजना अघिबढाउन उर्जा मन्त्रालयलाई निर्देशन,
तेह्रथुम सदरमुकाम म्याङलुङ–बसन्तपुर सडक खण्ड कालो पत्रे, मध्यपहाडीलोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमामोटर पुलको निर्माण, तमोर नदीको तटीयक्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथाउद्धारका लागि सुरक्षानिकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यक्रम मार्फत गरिने प्रधानमन्त्रीदाहालले बताउनुभएको थियो । ४ महिना अघि प्रधानमन्त्रीद्धारा घोषणा भएको राहात प्याकेजका चिप्ला भाषण अहिले स्थानीयका लागि फुस्रा बन्दै गएका छन् ।


