ज्येष्ठ नागरिक मतदानमा उत्साहित, ९३ बर्षका नर बहादुर तिमील्सिनाले भोट हाले पछी पुराना दिन सम्झदै यसो भने – भिडियो हेर्नुहोस्

(प्रकाश सिलवाल/रासस)
ललितपुर, ३१ वैशाख । बागडोलकी ८८ वर्षीया रत्नकुमारी महत आफूले हालेको मत खेर नजानेमा ढुक्क हुुनुहुन्छ ।
ज्येष्ठ नागरिक भएकाले लामबद्ध नभईकन सहजै मतदान गरी घर जाने तर्खरमा रहनुभएकी उहाँ टन्टलापुर घामका बीच पनि उत्साहित हुँदै भन्नुहुन्छ, “आफ्नो मत दिन पाइयो, रमाइलो लागिरहेको छ ।”

ललितपुर महानगरपालिका–४ धोबीघाटका ७१ वर्षीय विष्णु खत्री दुई दशकपछि स्थानीय निर्वाचनमा भाग लिन पाउँदा धेरै फरक महसुस भएको बताउनुहुन्छ । “हामीले हाम्रो दायित्व पूरा गरेका छौँ, अब जितेर आउनेले के गर्छन् त्यो हेर्न बाँकी छ”, उहाँले भन्नुभयो ।

बागडोलकै ६८ वर्षीय केदारमान श्रेष्ठलाई पनि मत हाल्न लाइन बस्नु परेन । सुरक्षित र शान्तिपूर्ण रुपमा मत हाल्न पाएकामा उहाँ खुसी हुनुहुन्छ भने महानगरको वडा नं १३ कुसुन्तीमा मत हाल्नुभएका ६८ वर्षीय सत्यनारायण दर्शनधारी बिहानै पहिलो चरणमा मत हाले पनि दिउँसो आफूभन्दा अशक्त र वृद्धवृद्धालाई मत हाल्न सिकाउने स्वयम्सेवी काममा खटिनुभयो । “मतपत्र अलि ठूलो भयो तर त्रुटि गरिएन जस्तो लाग्छ ।” मतदानमा कुनै दल वा व्यक्तिको प्रभाव र दबाब खेप्नुनपरेको जनाउँदै उहाँले मतदान शान्तिपूर्ण भएको बताउनुभयो ।

महानगरपालिका–१५ सातदोबाटोस्थित महेन्द्र आदर्श मावि केन्द्रमा मत हाल्नुभएका ६६ वर्षीय दानबहादुर कटवालले मतपत्र ठूलो भए पनि छाप लगाउने ठाउँ साँघुरो भएको अनुभव सुनाउनुभयो । महानगर वडा नं १२ मङ्गलबजारमा मत हाल्नुभएका ६५ वर्षीय चन्द्र अवालेलाई पनि रमाइलो अनुभूति भयो । उहाँ भन्नुहुन्छ, “मैले मत दिएको दल र उम्मेदवारले जित्छ, जितेन भने जसले जितेको हुन्छ, त्यो मैले मत दिएको मान्छे हुन्छ ।”

मत हाल्ने आफ्नो नैसर्गिक अधिकारको सदुपयोग गर्ने लोकतान्त्रिक उत्सवको यस अवसरलाई आफ्ना कठिनाइलाई ध्यान नगरी ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका व्यक्ति उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् । मतदान केन्द्रमा उनीहरुका लागि लाइन बस्नु नपर्ने र मतदान प्रक्रियामा कुनै अन्योल भएमा सिकाइने प्रबन्धसमेत गरिएको थियो । कतिपय मतदान केन्द्रमा खानेपानी र स्वास्थ्य स्वयम्सेवकको पनि सुविधा पाइएको थियो भने कतिपय केन्द्रमा लामो लाइनका कारण असुविधा भएको थियो ।

९३ बर्षका नर बहादुर तिमील्सिनाले भोट हाले पछी लाइट नेपाललाई संग भने भोट त कति हालियो हालियो भन्दै पुराना दिन यसरी सम्झे – भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।