ढुङ्गा प्रहार गरी अज्ञात समूहद्वारा एकको हत्या, एक गम्भीर घाइते

दमौली, ३१ वैशाख । तनहँुको व्यास नगरपालिका–१ भादगाउँस्थित छाला उद्योगनजिकै आज अपराह्न अज्ञात समूहले ढुङ्गा प्रहार गरी एक जनाको हत्या गरेको छ । सोही समूहले अर्का एक जनालाई घाइते बनाएको छ ।

ढुङ्गा प्रहारबाट मृत्यु हुनेमा व्यास नपा–१ भादगाउँ घर भई हाल काठमाडौँ बस्दै आएका ४२ वर्षीय विक्रम परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताउनुभयो ।

पाँच÷छ जनाको समूहले परियारलाई ढुङ्गाले हानेर गम्भीर घाइते बनाएको उहाँले बताउनुभयो । घाइते परियारको उपचारका लागि दमौलीतर्फ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही समूहको आक्रमणबाट व्यास नपा– १ कै देवनारायण श्रेष्ठको दाहिने कानमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । उनको अहिले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।

दमौलीस्थित रत्नहरि अस्पतालका डा रामकुमार श्रेष्ठले अस्पताल पु¥याउना साथ परियारलाई मृत घोषणा गरेका थिए । डा श्रेष्ठले परियारको टाउकोमा तीन ठाउँमा गहिरो गरी काटेको र अत्याधिक रगत बगेकाले मृत्यु भएको हुनसक्ने बताउनुभयो । शनिबार मात्रै परियार र श्रेष्ठ स्थानीय तहको निर्वाचनमा मतदान गर्न काठमाडौँबाट दमौली आएका थिए ।

घटनामा संलग्न व्यक्तिको तीव्र खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।