भरतपुर काण्डको मुद्दा चोलेन्द्रको बेञ्चमा, आजै सुनुवाई हुने
काठमाडौं, २२ जेठ । भरतपुर महानगरपालिका–१९ को मतपत्र च्यातेर पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको विवादास्पद निर्णय सम्बन्धी मुद्दा न्जयायाधीश चालेन्द्र शमशेर राणाको इजलासले हेर्ने भएको छ । सत्तारुढ गठबन्धनले पुनः निर्वाचन गराउन मतपत्र च्यातेपछि त्यसलाई सदर गर्दै निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।
आयोगको निर्णय विरुद्ध आइतबार सर्वाेच्च अदालतमा रिट परेको थियो । रिटको सुनुवाई आज सोमबार नै हुने जनाईएको छ । पुन मतदानका लागि मतपत्र च्यात्ने बदनियतलाई सदर गरेको भन्दै निर्वाचन आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा मुद्दा परेको हो ।
प्रधानमन्त्री पुत्री रेणु दाहालले जित्ने अवस्था नदेखिएपछि प्रधानमन्त्री कार्यालय, महान्याधिवक्ता रमण श्रेष्ठ, माओवादीका मतगणना प्रतिनिधिको योजनामा मतपत्र च्यातिएको थियो । मतपत्र च्यात्ने पक्षकै मागलाई सदर गर्दै निर्वाचन आयोगले पुनः निर्वाचनको निर्णय गरिसकेको छ ।


