रक्सीले मातेका बाबुले गरे आफ्नै छोरीको बलात्कार !

नेपालगन्ज, २२ जेठ : बाँकेमा एकै दिन दुईजना बालिका बलात्कृत भएका छन् । बाँकेको ढकेरी र कोहलपुरमा दुईजना बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बलात्कारका दुवै आरोपीहरु पक्राउ परिसकेका छन् ।

पक्राउ परेकाहरुलाई जबरजस्ती करणीको मुद्दा दायर गरेर कारवाही अघि बढाईएको पनि प्रहरीले जनाएको छ । कोहलपुरमा १८ बर्षीया बालिका बलात्कृत भएकी हुन् । उनी आफ्नै बाबुबाट बलात्कृत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो। पीडित बालिकाले बाबुले रक्सीले मातेर आफूलाई जबरजस्ती बलात्कार गरेको प्रारम्भिक बयान दिएको मुद्दा फाँटका प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिनुभयो । बलात्कारको घटना शनिबार भएको हो ।

त्यस्तै ढकेरीमा बलात्कृत बालिकाको उमेर १५ बर्ष रहेको प्रहरीले जनाएको छ । उनी बर्दिया निवासी हुन् । बर्दियाकै एक व्यक्तिले ललाईफकाई ल्याएर ढकेरीमा ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको अवस्था सामान्य रहेको छ । उनलाई साना हातहरु संस्थाको जिम्मा लगाइएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाइएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।